मोटरसाइकलको ठक्करबाट काठमाडाँकाे चन्द्रागिरिमा १२ वर्षीय बालकको मृत्यु
२ माघ, काठमाडौँ । मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएकाे छ । थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटलाई ठक्कर दिएकाे हाे । उपचारको क्रममा ओम समाज अस्पतालमा उनकाे मत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदिप बस्नेत समेत गम्भीर घाइते भएका छन् ।
प्रकाशित मिति : January 15, 2021 at 3:44 pm



