१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नुवाकाेटकाे तारुकामा गोरु भीरबाट झर्दा तीन जना गम्भीर घाइते

-प्रशान्तजंग पाण्डे

१ माघ, नुवाकोट । नुुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित तारुकामा आज भएको गोरु जुधाइमा गोरु अनियन्त्रित भएर मानिसको हुलमा पसि कान्लो ओर्लने क्रममा तिन जना गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूकाे उपचार भइरहेकाे छ ।  जुधाउनका लागि मैदानमा ल्याउने क्रममै गोरु अन्यिन्त्रित भएको थियो । त्यस्तैगरि जुधाइको क्रममा एउटा गोरु समेत घाइते भएको छ ।

अघिल्ला वर्ष भन्दा कम मानिसको उपस्थित रहेको कार्यक्रममा मेला र्हेन आउने व्यति घाइते भएपछि मेलाको व्यवस्थापन पक्ष माथि प्रश्न चिन्ह उठेको छ । वडा अध्यक्ष सम्मरबहादुर आले मगरले वर्षौंदेखि चल्दै आएको चलन भएकाले कोरोना महामारीका कारण पनि गोरु जुधाइ नरोकिएको बताए । गाेरू जुधाउने मेलाकै कारण तारूकामा माघ १ गते हजाराै दशर्कहरू राजधानी लगायतका ठाउँहरूबाट जाने गरेका छन ।

तस्बीरः सामाजिक सञ्जाल ।

यसैविच गोरु जुधाइ पशु हितमा नभएको भन्दै पशुअभियन्ताले यो काम बन्द गर्न दबाब दिँदै आएका छन् । एनिमल नेपालकी अध्यक्ष रहेकी पशुअधिकारकर्मी प्रमदा शाह यस्तो चलन रोक्न आवाज उठाउन थालेको ८ वर्ष भएपनि केही हुन नसकेको बताउँछिन् । ‘पर्यटन प्रवद्र्धनका नाममा यस्ता गतिविधि गर्नु हिंसा प्रोत्सानवाहेक केही होइन । अरुलाई परेको पीडालाई लिएर कसरी मनोरञ्जन लिन सकिन्छ उनले भनिन ।

प्रकाशित मिति : January 14, 2021 at 6:33 pm