माघीः पहिले कमलरी खरिदबिक्री हुन्थे तर अहिले खुसीको पर्व भएको छः नेतृ चाैधरी
१ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ शान्ता चाैधरीले माघी पर्व पहिला पीडाको पर्व भएपनि पछिल्ला वर्षमा खुशीको पर्व बनेको बताएकी छिन । विगतमा माघीका अवसरमा कमैया कमलरी खरिदबिक्री हुने गरेको सम्झदै अहिले त्यस्तो कार्य इतिहास भइसकेको बताएकी छिन ।

उनले समाजिक सञ्जाल मार्फत भनेकी छिन ‘आज माघी । नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड यही होला । विभिन्न समुदायले विभिन्न नाममा यो पर्व मनाउने गरेको छ । हामी थारुका लागि माघी अति महत्त्वको चाड हो । माघीको दिनमा कमैया कमलरी खरिदबिक्री हुन्थे तर यस्तो कार्य इतिहास भइसकेको छ । कुनै जमाना मेरो लागि पीडाको पर्व थियोे अहिले खुसीको पर्व भएको छ । माघीमा म किन किन त्यसै भावुक बन्छु । माघीको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामना अर्पण गर्दछु ।’
प्रकाशित मिति : January 14, 2021 at 11:58 am



