जी न्यूजले माफी माग्यो, ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’
१ माघ, काठमाडाैँ । भारतको टेलिभिजन च्यानल जी न्यूजका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफी मागेका छन । उनको अभिव्यक्तिका बारेमा नेपालभित्र चर्को बिरोध भएपछि बुधबार राति उनले टेलिभिजनको पर्दामै माफी मागेका हुन ।
चौधरीले नेपालीको भावनामा ठेस पुर्याउनु आफ्नो उद्देश्वय नरहेको बताएका छन । उनले भनेका छन ‘माउन्ट एभरेस्ट नेपालकै हो र नेपालबाट कसैले छिन्न सक्दैन । सरकार त आउँछन् जान्छन् तर, दुई देशबीचको नागरिकको सम्बन्धमा हार्दिकता हुनुपर्छ ।’

उनले अघि भनेका छन ‘हामी नेपाली दर्शक र नेपाली भाइबहिनीलाई भन्न चाहन्छौं –भारत र नेपालबीच राम र लक्ष्मणको जस्तो सम्बन्ध छ र सँधै रहनेछ । माउन्ट एभरेस्टमा भारतको दाबी हुनुपर्छ भनेर बिल्कुलै भन्न खोजिएको होइन । माउन्ट एभरेस्ट नेपालकै हो र नेपालकै रहनेछ’
प्रकाशित मिति : January 14, 2021 at 9:22 am



