पछिल्लो २४ घण्टामा थपिए ४८१ कोरोना संक्रमित, १० जनाको मृत्यु
२७ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५८ हजार ९६८ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९२७ पुगेको छ ।
प्रकाशित मिति : January 11, 2021 at 4:44 pm



