रसुवामा मोटरसाइकल दुर्घटना, १ जनाकाे मृत्यु
२६ पुस, रसुवा । मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।

लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : January 10, 2021 at 12:36 pm



