४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

अनेरास्ववियू नुवाकोटको संयोजकमा पुनः बिष्णु दाहाल, विनोद कोइराला बर्खास्त

-प्रशान्तजंग पाण्डे

२५ पुस, नुवाकोट । अनेरास्ववियु नुवाकोटको भेलाले पुन विष्णु दाहाललाइ संयोजक तोकेको छ । भेलाले दाहालको संयोजकत्वमा ९९ सदस्यीय अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गरेको छ । जसमा ९ सदस्यीय कार्यलय सदस्य र ३३ सदस्यीय सचिवालय गठन भएको अनेरास्ववियूका नेता रिपेश तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार संगठनको गोपनियता भङ्ग र पदिय जिम्मेवारी ख्याल नगरी अराजक गतिविधि गरेको तथा अनुसासन हिन क्रियाकलापमा समावेश भएको भन्दै सहसंयोजक बिनोद कोइरालालाई अनेरास्ववियु नुवाकोट जिल्ला कमिटिको सम्पुर्ण जिम्मेवारीबाट बर्खास्त गर्दै थप कार्बाहिको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचनमा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा ) पक्षमा आवश्यक माहोल सृजना गर्न एकमनाएकताका साथ अघि बढ्ने संकल्प प्रस्ताव समेत भेलाले पारित गरेको छ ।

   

प्रकाशित मिति : January 9, 2021 at 6:20 pm