४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

घुस लिएको आरोप लागेका थानकोटका इन्सपेक्टर शर्मा निलम्बित

२३ पुस, काठमाडाैँ । महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) गायत्रीराज शर्मा निलम्बित भएका छन्। प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको हो।


सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ मा काठमाडौंँका एसएसपी अशोक सिंहले उनलाई जिम्मेवारीबाट हटाएका थिए ।  घुस लिएको भन्ने रिपोर्टिङ वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले शर्मालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : January 7, 2021 at 1:46 pm