१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ४०९ कोरोना संक्रमित

२२ पुस, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५६ हजार १६१ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८९९ पुगेको छ ।

प्रकाशित मिति : January 6, 2021 at 4:48 pm