१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

उपत्यकामा वायु प्रदूषणः घर बाहिर ननिस्कन वातावरण विभागको आग्रह

२१ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेकाले वातावरण विभागले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामीहरु सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको हाे। काठमाडौँ उपत्यकामा देखिएको वायु प्रदुषणको खतरालाई मध्यनजर गर्दै बाहिर ननिस्कन आग्रह गरिएको हाे ।

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुनाले विभागले यो आग्रह गरेको बताइएको छ । त्यस्तै तराई क्षेत्रका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको सावधानी अपनाउन अनुरोध गरेको छ । फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : January 5, 2021 at 5:07 pm