१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ५२२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

२१ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ६६६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९३ पुगेको छ ।

प्रकाशित मिति : January 5, 2021 at 4:46 pm