१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

ट्रान्सपरेन्सीमा कांग्रेस नेता खेमराज रेग्मीको शर्मनाक हार, अध्यक्षमा प्रधानाङ्ग विजयी

२० पुस, काठमाडाैँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा खेमराज रेग्मीले शर्मनाक हार व्यहोरेका छन । अध्यक्षमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका नेता रेग्मीले मतदानकै बाटोबाट शर्मनाक हार व्यहोरेका हुन ।

रेग्मीलाइ १० को विरूद्धमा २७ मतसहित पूर्व महासचिव पद्मिनी प्रधानाङ्गले स्तब्ध पारिन । उनी २७ मतसहित अध्यक्षमा विजयी भएकी छिन । ट्रान्सपरेन्सीको २५ औँ वार्षिक साधारणसभामाले सदस्यहरूमा मुकुन्दबहादुर प्रधान, बुद्धीनारायण श्रेष्ठ, किरण थापा,कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा सागर शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यवसायिक पहललाई निर्वाचित गरेको छ ।

नेपाली कांग्रेसका नेता रेग्मीको कार्यकालमा ट्रान्सपरेन्सीले जनस्तरबाट चर्को आलोचना व्यहोरेको थियो । व्यक्तिगत कुण्ठा र प्रधानमन्त्री र सरकारका विरूद्धमा प्रायोजित प्रतिवेदन सार्वजनिक गरेपछि रेम्मी नेतृत्वको ट्रान्सपरेन्सीलाइ सबैले दुत्कारेका थिए भने सरकारले त्यस्तो प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : January 4, 2021 at 9:46 pm