पछिल्लो २४ घण्टामा थपिए ४८१ कोरोना संक्रमित, ७ जनाकाे मृत्यु
२० पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ । पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।
प्रकाशित मिति : January 4, 2021 at 4:37 pm



