१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

प्रचण्ड पत्नी सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो

२० पुस, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बई लगिएको छ । सीतासँगै अध्यक्ष प्रचण्ड र उनकी छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । मुम्बईस्थित ‘न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्ष्टिच्युट’मा उपचारका लागि नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी सीतालाई थप उपचारका लागि मुम्बई लगिएको हो । सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो ।

प्रकाशित मिति : January 4, 2021 at 12:19 pm