११ पुष २०८१, बिहीबार | Thu Dec 26 2024

क्रसर उद्योगलाई थप कारवाही गरिदै, पाँच दिनभित्र प्रतिवेदन पठाउन सबै सिडिअोलार्इ निर्देशन

४ असार, काठमाडाैँ । सरकारले मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले मापदण्ड नपुगेका क्रसर उद्योगलाई कारवाही गर्ने तयारी गरेकाे हाे ।

बैठकले सबै जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई सञ्चालन अनुमति दिने निकाय खानी विभाग, घरेलु तथा साना उद्योग कार्यालय, तत्कालीन जिविस र स्थानीय तहले अनुमति दिएअनुसार क्रसरको प्रकृति, मापदण्ड पुगे नपुगेका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित कार्यालयसँग समन्वय गरी पाँच दिनभित्र सोको विवरण गृह मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १८:३३