१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२६ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसदिन सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन १५० रुपैयाँले घट्दै चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : April 9, 2026 at 11:01 am