१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

स्रोत नखुलेको १ करोड ४७ लाखसहित भारतीय नागरिक पक्राउ

२० पुस, काठमाडाैँ ।  स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौँबाट पक्राउ परेका छन् । आज बिहान ४ बजेतिर कपिलवस्तुबाट निजी गाडीमा काठमाडौँ आएका ३० वर्षीय अमितकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

फाइल फाेटाे

उनी सवार गाडी चालकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

प्रकाशित मिति : January 4, 2021 at 11:38 am