मैले राजीनामा दिएको छैनः उपाध्यक्ष विष्ट
१९ पुस, काठमाडाैँ । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा लिखित राजीनामा हुँदाहुँदै पनि राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिइएको बताउनुभएको छ ।

प्रकाशित मिति : January 3, 2021 at 9:16 pm



