पछिल्लो २४ घण्टामा थपिए ४२१ कोरोना संक्रमित, ८ जनाकाे मृत्यु
१९ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८०० जनाको पीसीआर गरिएकोमा ४२१ जना काेराेना संक्रमित थपिएका हुन । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५४ हजार ४९४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १८७८ पुगेको छ ।
प्रकाशित मिति : January 3, 2021 at 4:44 pm



