१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राउ

१९ पुस, काठमाडाैँ । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहसहित  ७ जना रहेका छन् । सिंहको टोली शनिबार साँझ दुबई जान लागेको थियो ।

प्रतिकात्मक तस्बिर ।

साेही क्रममा जाँच गर्दा  उनिरूकाे रिपोर्ट नक्कली पाइएपछि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । यस सम्बन्धमा थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : January 3, 2021 at 1:11 pm