११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ शेयरधनीको डिम्याट खातामा जम्मा

१८ पुस, काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओको शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा गोलाप्रथाको माध्यमबाट ५ लाख ४० हजार लगानीकर्ताले जनही १० कित्ताको दरले शेयर प्राप्त गरेका थिए । साेहि १० कित्ता शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हाे ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयर PLI (पिएलआई) संकेतबाट मेरो शेयरमा देखिएको छ। प्रभु लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन तथा विक्री प्रन्धकमा सिद्धार्थ क्यापीटल रहेको थियो।

पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ। यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : January 2, 2021 at 11:10 am