१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ४२६ कोरोना संक्रमित, ८ जनाकाे मृत्यु

१७ पुस, काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।

सांकेतिक तस्विर

पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : January 1, 2021 at 4:16 pm