१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

१७ पुस, काठमाडौँ ।  संराष्ट्रिय सभाका १ जना सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण  पुष्टि भएको छ। बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले जानकारी दिए। राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ।

आज बैठक बस्ने भएपछि बिहीबार  सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।  सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि राष्ट्रिय सभाको बैठक सुचारू हुने जनाइएको छ।

प्रकाशित मिति : January 1, 2021 at 2:33 pm