१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पार्टी विभाजनपछि ओली प्रचण्डबीच पहिलो पटक टेलिफोन संवाद

१५ पुस, काठमाडौँ । नेकपा विभाजनपछि पहिलो पटक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बीचमा टेलिफोन संवाद भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाइ फोन गरेर अस्पताल भर्ना भएकी प्रचण्डपत्नी सीताको स्वास्थ्यको बारेमा चासो लिएका हुन । प्रधानमन्त्रीले प्रचण्डसँग स्वास्थ्यको बारेमा जानकारी लिँदै स्वास्थ्यलाभको कामना पनि गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार बुधवार साँझ मन्त्रिपरिषद बैठक सकिए लगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर सीता दाहालको स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् । उनका अनुसार प्रधानमन्त्रीको तर्फबाट नेकपा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : December 30, 2020 at 8:11 pm