१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ

१४ पुस, काठमाडौँ ।  ५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाई फकाई गैरकानूनी रुपमा चीन पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकात्मक तस्बिर ।

तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज शहरको ताङ-लो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्‍याई बिक्री गरेपश्‍चात ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक संजान मार्फत जानकारी गराएपश्‍चात प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो लगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते नेपाल फर्की पीडितले दिएको जाहेरीको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका-३ सानेपाबाट पक्राउ गरेको हो । तामाङ उपर काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : December 30, 2020 at 12:56 pm