पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए ३९८ कोरोना संक्रमित
१४ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ १५६ महिला र १४२ पुरुष गरी ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३२४ जना , ललितपुरमा ५२ जना र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण पुष्टि भएकाे हाे । हाल काठमाडौंँमा २ हजार ९४२ जना, ललितपुरमा ३६४ जना र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्र हालसम्म ९६ हजार ७८५ जना काेराेना संक्रमित रहेका छन्, जसमध्ये ४६९ जनाको मृत्यु भएको छ भने ९३ हजार ३७४ सय जना निको भएका छन्। त्यस्तै भक्तपुरमा हालसम्म ८ हजार ८२५ जना काेराेना संक्रमित भएका छन् । जसमा ८ हजार ५६० जना निको भएका छन् भने १०० जनाको मृत्यु भएको छ ।
यसैगरी ललितपुरमा हालसम्म १५ हजार १६९ जना काेराेना संक्रमित भएका छन्। जसमा १४ हजार ६५९ जना निको भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : December 29, 2020 at 5:18 pm



