डिआईजीमा बढुवा भएका प्रहरीले किनेको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समा छापा
१४ पुस, काठमाडौँ । आँगन स्विट्सको मिठाइमा नङ भेटिएको छ । मिठाईमा नङ फेला परेपछि प्रहरीले सो स्विट्सको कमलपोखरी शाखामा काठमाडौँ प्रहरीले छापा मारेको छ । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका एकजना अधिकृतले आँगनमा मिठाई किनेका थिए ।

मिठाईमा नङ फेला परेको सुचना आएपछि प्रहरी टोलीले मुचुल्का गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले बताए । प्रहरीले आँगनका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : December 29, 2020 at 2:52 pm



