१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

माग पुरा नभएपछि राइडरले गरे पठाओ कार्यलय तोडफोड

१३ पुस, काठमाडाैँ । राइड सेयरिङ एप पठाओका असन्तुष्ट राइडरहरुले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै पठाओ कार्यलय तोडफोड गरेका छन् । आफूले अघि सारेको विभिन्न ११ बुँदे मागहरु पुरा नभएको भन्दै कार्यालय घेराउ गर्न गएका चालकहरुले कार्यालय तोडफोड गरेका हुन् ।

पठाओले आफुबाट चर्काे कमिसन उठाइरहेकाले कमिसन घटाउन माग गर्दै उनिहरुले अघिल्लो सोमबार कम्पनीलाइ ज्ञापनपत्र बुझाएका थिए । कम्पनीले राइडरबाट २० प्रतिशत कमिशन लिइरहेकोमा अब ८ प्रतिशत मात्र कमिशन लिनुपर्ने राइडरहरुको माग छ । 

 कम्पनीले राइडर र यात्रुको १ लाख सम्मको उपचार बिमा बिमा र मृत्यु भएमा ५ लाख सम्मको दुर्घटना बिमा गराउने घोषणा गरेको छ तर कमिसन घटाउन कम्पनी सहमत देखियन ।

पठाओले विभिन्न ११ बुँदाको मागमध्ये कतिपय माग पुरा गर्न नसक्ने बताएपछि कम्पनीमा केही राइडर वार्ताका लागि पुगेका थिए । त्यही समयमा बाहिरबाट केही व्यक्तिले कम्पनी रहेको भवनको झ्यालको सिसा फुटाएको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । आन्दोलन र तोडफोडमा संलग्न २६ जनालाई प्रहरीले नियन्त्रमा लिएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 28, 2020 at 2:20 pm