नेकपा अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ टोलीबीच बानेश्वरमा भेटवार्ता
१३ पुस, काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच बानेश्वरको एभरेष्ट होटलमा भेटवार्ता भइरहेको हो ।

यसअघि चिनियाँ टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगेर भेटवार्ता गरिसकेको छ । आइतबार काठमाडौँ आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ ।
प्रकाशित मिति : December 28, 2020 at 12:07 pm



