१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सरकारी जग्गा अतिक्रमण गर्नेमा पूर्वमन्त्री र पहुँचवालाः मन्त्री अर्याल

१२ पुस, काठमाडाैँ । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताउनुभएको छ ।

मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले राज्यको सम्पत्ति दोहन गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गर्नुभयो ।

मन्त्री अर्यालले आजै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताउनुभयो ।

प्रकाशित मिति : December 27, 2020 at 7:47 pm