४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुन्छः मन्त्री गुरुङ

१२ पुस, काठमाडाैँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद् पुनस्र्थापना नहुने दाबी गर्नुभएको छ । अदालतले संसद् पुनस्थापना गरेमा अलोकतान्त्रिक हुने उहाँले बताउनुभयो ।

तनहुँको भिमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आज शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताउनुभयो ।

“पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियो । त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबन्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद् भङ्ग गरेको हो।” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरेको मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “जनमतमा जानु लोकतान्त्रिक कदम हो ।” मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विघटन नहुनेसमेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : December 27, 2020 at 7:36 pm