१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

संखुवासभामा फेरि पनि प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान

१२ पुस, काठमाडौं । संखुवासभामा फेरि पनि प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको छ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको हो ।

प्रहरी माथि विप्लवका कार्यकर्तालेले गोली प्रहार गरेको र पछि प्रहरीले पनि जवाफी फायर गरेको प्रहरीले जनाएको छ । जिल्लाको चैनपुर–४, मैदानेमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेपछि विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए ।

विप्लव समूहका जिल्ला इन्चार्ज युवराज राइसहितका नेता कार्यकर्ता खोज्ने क्रममा दोहोरो गोली हानाहान भएको बुझिएको छ । यसअघि पनि संखुवासभामा विप्लवका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

प्रकाशित मिति : December 27, 2020 at 7:10 pm