चिनियाँ उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँमा
१२ पुस, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चिनियाँ टोलीमा विभागका निर्देशकसहित चार जना हुनुहुन्छ । टोली एयर चाइनाको चेङ्दू–काठमाडौं उडानबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ । गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत हुनुहुन्छ । विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा सिनियर हुनुहुन्छ ।

यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेनुभएका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ । चिनियाँ टोली चारदीनसम्म नेपाल बस्ने र उच्च राजनीतिक भेटघाट गर्ने अनुमान गरिएपनि भ्रमणको उदेश्यबारे अहिले नै केही खुलाइएको भने छैन ।
प्रकाशित मिति : December 27, 2020 at 2:19 pm



