१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सडक आन्दोलनले प्रतिक्रियावादी र दक्षिणपन्थीलाई फाईदा पुर्याउन सक्छ गम्भीर बनाैँ

५ पुस, काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नयाँ जनादेशको खोजी लोकतन्त्रमा स्वभावित भएको बताएका छन । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ बताउनुभएको छ । उहाँले  सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्ने भन्दै गंभीर र जिम्मेवार बन्न अनुरोध गरेका छन ।

मुख्यमन्त्री पोखरेलले भनेका छन ‘पार्टी एकताको मर्म विपरितको समिकरण,पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर्का अध्यक्षको एकल प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कमदका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो ।’

मुख्यमन्त्री पोखरेलले अघि भनेका छन ‘पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ । चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ ।’

प्रकाशित मिति : December 20, 2020 at 8:18 pm