नुवाकोटमा प्रचण्ड-नेपाल गुटको प्रदर्शनमा मुस्किलले ५० जना सडकमा
-प्रशान्तजंग पाण्डे
५ पुस, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल गुटले सरकारविरूद्ध गरेको प्रदर्शनमा नुवाकोटमा मुस्किलले ५० जना कार्यकर्ता सडकमा निस्किएका छन ।
जिल्ला अध्यक्ष समेत रहेका हिरानाथ खतिवडाको नेतृत्वमा भएको प्रदर्शनमा बालुवातस्करहरूसहित गरेर मुस्किलले ५० जना सडकमा देखिएका हुन ।

प्रदर्शनमा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकाका अध्यक्ष लगायत पनि सहभागी भएका छन । विदुरको लोकतान्त्रिक चौतारोबाट शुरुभएको प्रदर्शन विदुर चोक पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रकाशित मिति : December 20, 2020 at 6:42 pm



