ओली सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संसदमा दर्ता भएको खुलासा
५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीको सरकार ढालेर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको खुलासा भएको छ । आइतबार बिहान संसद सचिवालयमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको कागजात सार्वजनिक भएको छ ।

९० जना सांसदको हस्ताक्षरसहित प्रचण्डलाई भावी प्रधानमन्त्री तोकेर संसद सचिवालयमा बिहान १० बजेर ५० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता गरिएको सार्वजनिक भएको छ। आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाए लगत्तै ओलीले मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए।
प्रकाशित मिति : December 20, 2020 at 5:14 pm



