अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, अन्य दुई आयुक्त पनि सिफारिस
५ पुस, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेमकुमार राइ सिफारिस भएका छन । संवैधानक परिषदको मंसिर ३० गते बसेको बैठकले आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव राईलाई सिफारिस गरेको हो ।

निर्णय मंसिर ३० कै भए पनि आज संसद सचिवालयमा नियुक्ति सिफारिसको पत्र पुगेपछि सार्वजनिनक भएको हो । परिषद्ले अध्यादेश जारी भएपछि यस्तो सिफारिसको निर्णय गरेको हो । सिफारिसमा अन्य दुइ जना आयुक्तको नाम पनि रहेको छ ।
संसद विघटन भएका कारण ४५ दिनपछि राइ आयोगको प्रमुखमा नियुक्त हुनेछन । संसद रहेको अवस्थामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेको थियो । आइतबार मात्रै राष्ट्रपतिले संसद विघटनको निर्णय गर्नुभएको थियो ।
प्रकाशित मिति : December 20, 2020 at 3:14 pm



