१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

केपी ओली बाँचुनजेल राष्ट्र र नेकपा दुबै एक ढिक्का रहन्छः सांसद मैनाली

-प्रशान्तजंग पाण्डे

४ पुस, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी नेकपाका युवा नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले देशमा केपी शर्मा ओली बाँचुनजेल राष्ट्र र नेकपा दुबै एक ढिक्का हुने बताउनुभएको छ । शनिबार नुवाकोटको सूर्यगढीमा आयोजित शिलान्यास समारोहमा सम्बोधन गर्दै सांसद मैनालीले राष्ट्रका लागि काम गर्ने एकमात्र सपुत नेकपाका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताउनुभयो ।

उहाँले ओलीका बारेमा कीर्तिनिधि बिष्टहरूले जनाएका प्रतिक्रिया उल्लेख गर्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको नेपालले गुमाएको भूमि फिर्ता ल्याउने हिम्मत ओलीबाहेकका नेतामा नरहेको बताउनुभयो । उहाँले नेपाली भूमि फिर्ता ल्याउने सन्दर्भमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम गरेर विश्वकासमू नेपालीको शिर उचो बनाएको बताउनुभयो ।

सोही कार्यक्रममा नेकपाकी नेतृ विन्दा ढुंगाले झण्डै दुइतिहाइको नजिक रहेको कम्युनिस्टहरूको सरकारलाइ पार्टी भित्रकै भाइरसहरूले काम गर्न नदिएर घेराबन्दी गरेको भन्दै चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । पार्टी र सरकारका विरूद्धमा विभिन्न नाममा भैरहेको गुटबन्दीप्रति इंगित गर्दै उहाँले आफूहरू पनि सधैँभरी चुप रहेर नबस्ने बताउनुभयो ।

सो अवसरमा सांसद मैनालीले  नव जनजाकृत क्लब भवनको शिलान्यास, ढुङे खानेपानी आयोजनाको शिलान्यास र सिमपानी कृषि सडकको उदघाटन गर्नुभएको थियो ।

 

प्रकाशित मिति : December 19, 2020 at 6:42 pm