१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ नहुने

३ पसु, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ । अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटको सुनुवाइ आजका लागि तोकिएको थियो । तर इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरलाल श्रेष्ठको इजलासमा रहेका रिट शुक्रबार हेर्न नभ्याइने उल्लेख गरिएको छ ।

बहुमत सदस्यको उपस्थितिमा संवैधानिक परिषद्को बैठक राखिने तथा निर्णय गर्न सर्वसम्मति नचाहिने गरी सरकारले अध्यादेश ल्याएपछि त्यसविरुद्ध कानुन व्यवसायीले रिट लिएर सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : December 18, 2020 at 2:09 pm