१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

३ पुस, मार्तडी । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ बर्षिय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो । आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : December 18, 2020 at 1:10 pm