विशेष आर्थिक क्षेत्रलाई आवश्यकता अनुसार विद्युतः कार्यकारी निर्देशक घिसिङ
३ असार, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत अभाव हुन नदिने घोषणा गरेका छन । विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको स्पष्ट पारे ।
उनले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने बताए । प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । उनले सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दावी छ ।
प्रकाशित मिति : ३ असार २०७५, आईतवार १४:०२