पछिल्लो २४ घण्टामा ७७६ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
२ पुस, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा ७७६ जनामा काेराेना संक्रमण देखिएकाे हाे । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४० हजार ३६३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोना संक्रमणकाट मुत्यु हुनेकाे संख्या १७४९ पुगेको छ ।
प्रकाशित मिति : December 17, 2020 at 4:21 pm



