१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

शुक्रबारबाट श्रीराम सुगर मिलले भुक्तानी रकम किसानकाे खातामा पठाउने

२ पुस, काठमाडौँ । उखु किसानको सबैभन्दा बढी भूक्तानी दिन बाँकी श्रीराम सुगर मिलले शुक्रबारबाट उखु किसानको बाँकी भुक्तानी दिने भएको छ । बिहीबार प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको बताएका छन् ।

अध्यक्ष अग्रवालले किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा मिलले भोलि (शुक्रबार)देखि नै किसानको खातामा पठाउन थाल्ने बताएका छन् । किसानको भुक्तानी दिन बाँकी प्रमुख ५ उद्योगहरु मध्य श्रीराम सुगर मिलले सबै भन्दा बढी ३५ करोड रुपैयाँ दिन बाँकी रहेको छ ।

प्रकाशित मिति : December 17, 2020 at 1:28 pm