थप ७३६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
१ पुस, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५०९१६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७५७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । त्यस्तै २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८५६९ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : December 16, 2020 at 5:06 pm



