४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

विराटनगरमा २ जना काेराेना संक्रमितकाे मृत्यु

१ पुस, विराटनगर  । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मंगलबार राति दुईजना काेना संक्रमितको मृत्यु भएको छ। सुन्दरहरैँचा–३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजे उपचारकाे क्रममा  मृत्यु भएको हाे। मंसिर २९ मा कोरोना पुष्टि भएका ती युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

फाइल फाेटाे

त्यस्तै, पथरीशनिश्चरे–१ की ७३ वर्षीया वृद्धाको राति ८ः५० बजेतिर मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो। ती वृद्धामा श्वास फेर्न गाह्र हुने, ज्वरो आउने, खोकी लाग्ने लगायतका समस्या रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : December 16, 2020 at 9:18 am