४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

पशुपति मन्दिर आजदेखि खुला, स्वास्थ्य मापदण्ड अनिवार्य

१ पुस, काठमाडौँ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको छ। आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो।

मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ। दर्शनार्थीको लागि मन्दिर खोले पनि मन्दिरभित्र गरिने पूजापाठ र भजनकीर्तन भने तत्काल नहुने भएको छ।

प्रकाशित मिति : December 16, 2020 at 8:23 am