१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कामै गर्न नदिएर सधैँ हलो अड्काएपछि अध्यादेश नल्याए के ल्याउने ? 

३० मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं युवा नेता बद्री मैनालीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले नेकपालाइ थप एकताबद्ध बनाउने बताउनुभएको छ । दैनिकी डटकमसँग कुरा गर्दै सांसद मैनालीले कामै गर्न नदिएर सधैँ घेराबन्दी गरेपछि ठीक समयमा अध्यादेश आएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कामै गर्न नदिएर सधैँ हलो अड्काएपछि अध्यादेश नल्याए के ल्याउने रु’ सांसद मैनालीले सभामुख अग्नि सापकोटा एउटा गुटको गोटी बन्दा समस्या निम्तिएको बताउनुभयो । यद्यपी यसले देशलाइ निकासको बाटोमा लगेको बताउनुभयो ।  मैनालीसँगको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : December 15, 2020 at 11:03 pm