१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

उखु किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारकाे निर्णय

३० मंसिर, काठमाडाैँ । सरकारले उखु किसानको पैसा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गर्ने  निर्णय गरेकाे छ । उद्योगीहरूले एक वर्षभन्दा लामो समयसम्म पनि किसानको पैसा भुक्तानी नदिएपछि उनिहरुलाई पक्राउ  गर्ने निर्णय गरेकाे हाे ।

गृह मन्त्रालयमा मंगलबार बसेको तीन सरोकारवाला मन्त्रालयको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हाे । बैठक गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठक बसेको थियो ।

पैसा नपाएपछि अहिले उखु किसानहरूले सडकमा आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : December 15, 2020 at 3:14 pm