१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

३० मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी पहिलाे संशाेधन अध्यादेश २०७७ जारी गर्नुभएकाे हाे ।

प्रकाशित मिति : December 15, 2020 at 2:28 pm