१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

थप ८२१ जनामा कोरोना संक्रमण, १८ जनाकाे मृत्यु

२८ मंसिर, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४९२४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १०९५५ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३६५७३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७१६ पुगेको छ ।

प्रकाशित मिति : December 14, 2020 at 4:17 pm